17.9k
Shares
सुर्खेत । सुर्खेतमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षीय कृष्ण शाही र शुभकालिका गाउँपालिका– ३ का २३ वर्षीय बिमोचन विष्ट छन् । मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको थियो । दुर्घटनामा घाइते उनीहरुको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका शाही मोटरसाइकल चालक हुन् ।