26.4k
Shares
ललितपुर/इनर व्हील क्लब अफ सातदोबाटोले सप्तेश्वर महादेब मन्दिर परिसरमा पाल्ने भक्तजनहरुलाई सेवामूलक भावना दर्शाएको छ । आज सोमबार बिहान ११ बजे क्लबले सातदाेबाटोको सप्तेशवर मन्दिरमा आउने भक्तजनहरुलाई जुस प्रदान गरी असल सामाजिक भावना प्रदर्शन गरेको हो ।
क्लबका अध्यक्ष सिमा राई लगायत सबिना, अञ्जु, हिराले मन्दिरमा आएका भक्तजनहरु सबैलाई जुस प्रदान गर्नुभएको थियो । क्लबको उक्त सामाजिक कार्यप्रति मन्दिरमा पाल्ने भक्तजनहरुले खुलेर प्रशंसा गरेका थिए । सामाजिक सेवाको भावनाले ओतप्रोत भएको इनर व्हील क्लबले समयसापेक्ष समाजमा यस्ता थुप्रै उदाहरणीय कार्य गरी सेवा पुर्याउँदै आइरहेको छ ।


















