काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफल भएकाे छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज शल्यक्रिया गरेर ओलीकाे पित्तथैलीबाट २२ एमएमको ढुङ्गा निकालिएको छ । शल्यक्रियापछि उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएकाे छ ।
गएकाे चैत १३ गते नयाँ सरकार गठन भएको भोलिपल्ट ओली नवयुवा आन्दाेलनमा दमन गरेकाे आराेपमा पक्राउ पर्नुभएकाे थियाे । त्यही दिनदेखि नै उहाँ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकाे थियाे ।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ गतेभित्र टुङ्ग्याउन आदेश दिएपछि प्रहरीले दुवै जनालाई परिवारकाे जिम्मा लगाएकाे थियाे । थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकोले ओली अस्पतालमै हुनुहुन्थ्याे ।