15.7k
Shares
काठमाडौँ । भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हाे ।
दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते यात्रुको भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।