मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो 

22.1k Shares

काठमाडौं । मलेसियामा मृत्यु भएका १७ नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्समार्फत मलेसियाबाट १७ जना नेपालीको शव आज नेपाल ल्याइएको हो । 
यसअघि न्यारोबडी विमान उडान गर्दै आएको नेपाल एयरलाइन्सले शव ल्याउनकै लागि वाइडबडी विमान मलेसिया पठाएको थियो । 
नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीको शव ल्याएको हो । 
निगमले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अफगानिस्तानबाट नेपालीको शव ल्याएको थियो । 

सम्बन्धित समाचार