बर्नलीसँग लिभरपुल पराजित 

20.4k Shares

काठमाडौं । साविकको विजेता लिभरपुल प्रिमियर लिग फुटबलमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो ।
लिभरपुल घरेलु मैदानमै बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ । लिभरपुलको यो सिजनको तेस्रो हार हो ।
हारसँगै लिभरपुलले शीर्ष टोलीहरुसँगको अंक दूरी कम गर्ने मौका समेत गुमाएको छ । लिभरपुल ३४ अंक जोडेर चौथो स्थानमा छ । बर्नली १९ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचार