सांस्कृतिक कला विकास समूह, नेपालद्धारा 'साँस्कृतिक कार्यक्रम २०८०' भव्यताका साथ सम्पन्न

24.2k Shares

काठमाडौँ/सांस्कृतिक कला विकास समूह, नेपालद्धारा बोन म्यारो पिडीत खुश थापाको सहयोगार्थ आयोजना गरिएको 'विविध सांस्कृतिक कार्यक्रम २०८०' भव्यताका साथ सम्पन्न भएको छ । अपरान्ह साढे २ बजे काठमाडाैँ जमलअवस्थित राष्ट्रिय नाचघरमा आयोजित उक्त कार्यक्रम साँस्कृतिक नृत्य, मन्तव्य तथा व्यकित्व सम्मानका साथ सम्पन्न भएको हो । माननीय उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रमा अरु अतिथीहरुमा ग्रेटर नेपाल आन्दोलनका संयोजक सुरेन्द्र ढकाल, बौद्धिस्ट गुरु लाक्पा तामाङ लगायत अन्य बुद्धिजीबी तथा सामाजिक अभियन्ता अतिथीका रुपमा प्रस्तुत हुनुहुन्थ्याे । कार्यक्रमको सभापतित्व संस्थाका कोषाध्यक्ष रञ्जु राईले गर्नुभएको थियो भने संयोजकको रुपमा संस्थाका अध्यक्ष दिल बहादुर कटुवाल एचमएडीबीले सम्हाल्नुभएको थियो ।
'कार्यक्रमा सम्मानित व्यक्तित्व २०८०' मा स्वाद द रियल टेस्ट भान्छा घर तथा अजन्ता टुर्स एण्ड ट्रान्सपोर्ट सर्भिस प्रा.लि. का सञ्चालक जिवन थापा, त्यस्तै गरी आयुर्वेद विशेषज्ञ तथा वरिष्ठ समाजसेवी मृगेन्द्र श्रेष्ठ, ग्रेट नेपाल अभियानका संयोजक सुरेन्द्र ढकाल, बरिष्ठ व्यूटी विशेषज्ञ लिना सुवेदी लगायत अन्य सामाजिक अगुवाहरुलाई उपसभामुख मगरले दोसल्ला ओडाई प्रमाणपत्रका साथ विशेष सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रमा बोल्दै उपसभामुख मगरले बोनम्यारो पिडीतको लागि यस्तो भव्य कार्यक्रम एउटा सानो संस्थाले आयोजना गर्नु भनेको साँच्चै अचम्मित र प्रसंशनीय कार्य रहेको बताउनुभयो । वहाँले यस किसिमको सेवाको लागि आफु र आफ्नो संस्थाले हरसम्भव कार्य गर्न तत्पर रहेको पनि जानकारी गरानउनुभयो । वहाँले पिछडिएको कला, झाँकीलाई समातेर अगाडी बढी रहेको आयोजक संस्था सांस्कृतिक कला विकास समूह नेपाललाई धन्यवाद् दिँदै अगामी दिनमा उतराेतर प्रगतिकाे शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा आसिन अतिथीहरुले बोल्नुहुँदै आयोजक संस्थाकाे कार्य साँच्चै प्रशंसनीय भएको र आफुहरुले पिडीतको उद्धारको लागि हरसक्दो सहयोग गर्ने आश्वासन समेत व्यक्त गर्नुभएको थियो ।

अपरान्ह ५ बजेसम्म आयोजना गरिएको उक्त कार्यक्रममा छात्रछात्राहहरुले विभिन्न जातजातिका झाँकीहरुमा नृत्य,कला प्रस्तुत गर्नुभएकाे थियाे । वहाँहरूलाइ उपसभामुख मगरले प्रशंसापत्र प्रदान गर्नुभएकाे थियाे ।

5.jpg4.jpg3.jpg6.jpg2.jpg20230715_145907.jpg20230715_150314.jpg20230715_160226.jpg

 

सम्बन्धित समाचार