डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

16.5k Shares

डडेल्धुरा, २८ असार । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ ।

गन्यापधुरा गाउँपालिका-४, कुलेडीका गोविन्द बोहराकी आमाको खोलाले बगाउँदा ज्यान गएको प्रहरीको भनाइ छ ।

स्थानीय खहरेखोलाले बगाएर आज दिउँसो उनको ज्यान गएको हो । घटनाबारे प्रहरीले अनुसन्धान थालिरहेको छ । निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेको छ ।

सम्बन्धित समाचार