सवारीचालक चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा सुरु

16.3k Shares

मकवानपुर । वाग्मती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम भर्ने सेवा बिहीबारदेखि सुरु गरिएको छ ।
वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशका १३ वटै जिल्लामा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरेको हो ।
काठमाडौं उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरिएको र यसलाई निरन्तता दिइने वाग्मती प्रदेश यतायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।
केही महिनाअघि प्रदेशका केही जिल्लाबाट विभिन्न प्रकारको सवारी–साधनको अनुमतिपत्र प्राप्त गर्नका लागि लिखित परीक्षा उत्तीर्ण गरिएको र ट्रायलको परीक्षा दिन बाँकी रहेका साथै ट्रायल परीक्षमा अनुउत्तीर्ण भएका परीक्षार्थीसमेतलाई मौकाको ट्रायल परीक्षमा गरी कुल ६८५ जनालाई समावेश गराउने तयारी भइरहेको उनले बताए ।
उनले केही महिनाअघि लकडाउनका कारण स्थगन गरिएको ट्रायल परीक्षा यही पुस १९ देखि २२ गतेसम्ममा सञ्चालन हुने पनि जानकारी दिएका छन् । -रासस

सम्बन्धित समाचार