६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ

18.6k Shares

उदयपुर, १७ असार । ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । 

मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

सम्बन्धित समाचार