गुरु कुट्नेलाई सरकारले संरक्षण र प्रोत्सहन गर्‍यो : केपी ओली

17.8k Shares

काठमाडौं, १४ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको आरोप लगाएका छन् । बिहीबार काठमाडौं भएको मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताए । 

प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताएका उनले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताए । गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको उनको भनाइ छ । 
 

सम्बन्धित समाचार