ताप्लेजुङमा पहिरोमा परी घाइतेको सेनाको हेलिकप्टरमार्फत उद्धार

16.2k Shares

काठमाडौं, ४ असार ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी घाइते भएका एकजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोमबार बिहान गएको पहिरोमा परी घाइते हुनुभएका स्थानीय ४५ वर्षीय राजकुमार राईको उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।  घाइते  राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि झापाको बीएनसी अस्पताल लगिएको छ । सोही पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ । पहिरोमा पुरिएर स्थानीय ६७ वर्षीय केशरबहादुर राई र  छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको थियो । 

केहीयतादेखि निरन्तर वर्षा भइरहेको र वर्षाका कारण गएको बाढी पहिरोमा परेर ताप्लेजुङमा हालसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने तीनजना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार