प्रचण्डले मन्त्री निवासमै गएर गृहमन्त्री बादलसँग गरे भेट

20.2k Shares
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सोमबार गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग मन्त्री निवास पुल्चोक पुगेर भेट गरी आफूलाई सघाउन आग्रह गरेका छन् ।
नेकपाका नौ सचिवालय सदस्यमध्ये थापा ओली वा दाहाल–नेपाल समूहमा खुलेर नलागेका नेता हुन् । पूर्वमाओवादी नेता थापालाई धेरैले दाहाल निकट मान्दै आएका छन् ।
ओली सरकारका शक्तिशाली गृहमन्त्री थापा सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले डाकेको आफू निकटस्थ नेताहरूको भेलामा  सहभागी भएका थिएनन् । उनले मन्त्री निवासमै नेताहरू देव गुरुङ, पम्फा भुसाललगायतसँग छलफल गरेका छन् ।
संसद् विघटन गर्ने ओलीको कदमबाट असन्तुष्ट सात मन्त्रीले राजीनामा दिए पनि थापाले भने राजीनामा दिएका छैनन् ।
सम्बन्धित समाचार