18.3k
Shares
विराटनगर, २ असार । मोरङको लेटाङमा सर्पले डसेर शुक्रबार राति नाबालकको मृत्यु भएको छ। सर्पले टोक्दा सुजन मगरका ५ वर्षीय छोरा समीत मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। ओछ्यानमा सुतिरहेका नाबालकलाई शुक्रबार बिहान ५ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
अवस्था गम्भीर बन्दै गएपछि नाबालकलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्याउना साथ राति १० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
छोरालाई जीवितै फर्काउन नसकिएको गुनासो सुजनले गरे। भने, ‘पैसा भएको भए छोरालाई बचाउन सकिने थियो।’