गौर हत्याकाण्डविरुद्ध १६ वर्षपछि सर्वोच्चमा मुद्दा दर्ता, जेठ २२ गते पेशी

19k Shares

काठमाडौं, २१ जेठ ।  रौतहटको गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार त्रिभुवन साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् । उक्त मुद्दाको पेशी जेठ २२ गते सोमबारलाई तोकिएको छ । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

Screenshot 2023-06-04 144427.png

सम्बन्धित समाचार