17k
Shares
काठमाडौँ । राप्तीसोनारी गाउँपालिका वडा नं. ५, चाचरफर्कस्थित कन्या राजा सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ।सोही सामुदायिक वनका चौकीदार माघु थारुले भरुवा बन्दुक देखेर प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय, बैजापुरबाट गएको प्रहरी टोलीले बन्दुकलाई नियन्त्रणमा लिएको हो।
एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा थियो।चोरी शिकारीले बन्दुक लुकाएर राखेको आकलन गरिएको छ। प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको जनाएको छ।