कैलालीमा मिटरब्याजीविरुद्ध २४४ उजुरी दर्ता

22.3k Shares

धनगढी, १५ जेठ/ कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध दुई सय ४४ उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि दुई सय ४४ मिटरब्याजीपीडितले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका हुन्।

उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ। मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन्।

सरकारले अध्यादेशमार्फत अनुचित लेनदेनसम्बन्धी कानुन बनाएर उजुरी लिन सुरु गरेको थियो।

सम्बन्धित समाचार