मोरङ सरकारी वकिल कार्यालयमै थुनुवाद्वारा आत्महत्याको प्रयास

18.4k Shares

विराटनगर, १४ जेठ । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एक जना थुनुवाले मोरङ जिल्ला सरकारी वकिलको कार्यालय परिसरमै आत्महत्याको प्रयास गरेका छन् ।  उर्लाबारी घर भएका ३० वर्षीय केशव नेपालीले सरकारी वकिलको कार्यालयको शौचालयमा हतकडीले नै दिउँसो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् । 

गम्भीर घाइते भएका नेपाली कोशी अस्पताल लगिएको छ । कोशीमा उपचार सम्भावना नभएपछि उनलाई थप उपचारको लागि नोबेल हस्पिटल लगिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई म्याद थप गर्न मोरङ अदालत ल्याएको थियो ।

सम्बन्धित समाचार