मकालु बेसक्याम्पमा एकजनाको मृत्यु

19.2k Shares

काठमाडौं, १३ जेठ । संखुवासभाको मकालु बेसक्याम्पमा एकजनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२, सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । 

उनका अनुसार मकालु बेसक्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै आएका थिए । “उहाँ मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए,” वडाध्यक्ष शेर्पाले भने ।

सम्बन्धित समाचार