स्रोत नखुलेकाे २० लाख नगद सहित भारतीय युवक पक्राउ

17.2k Shares

काठमाडौं, ९ जेठ । प्रहरीले धनुषाबाट २० लाख नगद सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी घर भएका २५ वर्षीय रन्धिर ठाकुर छन् । 

जनकपुर उपमहानगरपालिका–६ डोम्बाबारीमा ठाकुरले बोकेको झोला चेकजाँच गर्दा २० लाख नगद भेटिएको हाे।  आरोपीले नगदको स्रोत खुलाउन सकेका छैनन् । आरोपीबारे अनुसन्धान भइरहेको  छ ।

सम्बन्धित समाचार