क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

20.1k Shares

काठमाडौं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको शुक्रबार सुनुवाइ हुँदै छ । 


नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा हुने भएको छ । 


सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।


यसअघि धेरैपटक सुनुवाइ सर्दै आएको छ ।
 

सम्बन्धित समाचार