मकवानपुर, ७ जेठ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तारका लागि कार्य विभाजनसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेका थिए
नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् भने पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् । त्यस्तै एकीकृत समाजवादीका डा। राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।