काठमाडौं, ३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भए पछि सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने भएका छन् । यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम बाचन गर्ने सार्वजनिक भएको थियो ।
स्वास्थ्यको समस्या भएपछि केही साताअघि राष्ट्रपति भारतमा उपचार गराएर फर्किएका थिए । त्यसपछि शीतलनिवासमा आराम गरिरहेका पौडेलको स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रम बाचन गर्ने भनेर प्रचार भएपछि एमालेले यसमा असन्तुष्टि जनाएको थियो । राष्ट्रपतिले बाचन गर्न नसक्ने हो भने सो जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने एमालेको भनाइ थियो ।