राप्रपाद्वारा भण्डाफोर सभा घोषणा

9.3k Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभाकाे घोषणा गरेको छ । बिहीबार पार्टी महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाएका हुन् । 

भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने उनले बताए । 

महामन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा फागुन ९ गते पोखरा, लुम्बिनी प्रदेश फागुन १७ गते बुटवल, सुदूरपश्चिम प्रदेश फागुन १८ धनगढी,  मधेस प्रदेश फागुन २१ जनकपुर, बागमती प्रदेश फागुन २५ काठमाडौँ र कर्णाली प्रदेश फागुन २७ सुर्खेतमा भण्डाफोर सभा हुनेछ । 

सम्बन्धित समाचार