चट्याङ लागेर घाइते भएका ३ जनाको ४ दिनपछि उद्धार

15.4k Shares

काठमाडौं, २ जेठ । दार्चुलामा चट्याङ लागेर घाइते भएका ३ जना जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । यार्सा सङ्कलन गर्न गएका उनीलाई ४ दिनपछि उद्धार गरिएको हो । मंगलबार उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीय श्रीमती मानमतीलाई नेपालगन्ज पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । शनिवार राति चट्याङ लागेर उनीहरू घाइते भएका थिए । मौसम खराबीका कारण उनीहरूको उद्धारमा ढिलाइ भएको थियो ।

सम्बन्धित समाचार