23.2k
Shares
काठमाडौं, २ जेठ । पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोनमा ७ जानकीनगरका ५ वर्षीय आसिक सदाको सोमवार साँझ घरछेउकै पोखरीमा डुबेर मृत्यु भएको हो ।
घरका परिवार मजदुरीका लागि बाहिर गएको बेला खेल्ने क्रममा पोखरीमा डुबेको अनुमान गरिएको छ । स्थानीयले पोखरीको पानीमा बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरीले जनाएको छ ।