'बच्चा र श्रीमती गुमाउन चाहन्न, म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस्' : कलेजो पिडीत कुमार थामी

59.3k Shares

ललितपुर/कालिञ्चोक गाउँपालिका वडा नं. ६ स्थानीय ठेगाना भई हाल ललितपुर मंगलबजारको धौगलमा बसोबास गर्दै आइरहेका बर्ष ३९ का कुमार थामी कलेजो रोगबाट ग्रस्त भई जीवन र मृत्यको दोसाँधमा अस्पतालको सैय्यामा छटपटाइरहेका छन् । श्रीमती र दुई छोराका बाबु थामी अहिले बीर अस्पतालको बेडमा उपचारार्थ भर्ना भएका छन् ।

सानैमा बुबा आमा गुमाएका र सिमान्तकृत थामी जाती भएको र आर्थिक अवस्था अत्यन्तै दयनीय भएको हुँदा उनको उपचारमा थप समस्या देखिएको छ । डाक्टरका अनुसार तुरुन्तै कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा उनको उपचारमा ५०/६० लाखसम्म खर्च आउने देखिन्छ । बैकल्पिक उपचारका क्रममा धेरैचोटी भित्र नशामा स्टीच लगाइसकेको हुँदा शरीर शिथिल भएको हुँदा अब कलेजो प्रत्यारोपण एकमात्र विकल्प रहेको डाक्टरले सुझाएका छन् ।

तसर्थ उपचारमा खर्च अधिक देखिएको र विपन्नताका कारण खर्च जुटाउन हम्मे हम्मे देखिएकोले सर्वसाधारणसँग थामीले सहयोगको याचना गरेका छन् । दुई छोरा र एक श्रीमतीसँग खुशीयाली जिवन व्यतित गरिरहेका उनको स्वास्थ्यमा अकस्मात विकराल समस्या देखिएपछि उनी शारिरीक मानसिक रुपमा विक्षिप्त बनेका छन् । शरीरले केही काम गर्न सक्ने अवस्था नरहेको र घरको अर्थिक अवस्था दिनानुदिन जटिल बनिरहेको हुँदा उनको सबै हाँसो गुमेको छ । आफु निको भए श्रीमती र छोराहरु पाल्ने अझै आँट राख्छन् कुमार थामी ।

बेडकै सैय्याबाट उनले सम्पूर्ण समाजसेवी, संघसंस्था, अभियन्ता, पत्रकार र दयाप्रेमी साथीहरुसमक्ष गुहार लगाएका छन् । उनी भन्छन् -'म बाँच्न चाहन्छु मलाई बचाउनुहोस् । म परिवारलाई गुमाउन चाहन्न मलाई सहयोग गर्नुहास्' ।  थामीलाई सहयोग गर्न उनको आफ्नै नाममा रहेको बैंक खातामा पैसा प्रत्यक्ष डिपोजिट गर्न सकिनेछ भने ईसेवापत अनलाइनबाट पैसा पठाएर पनि उनको ज्यान बचाउन सकिनेछ ।

"मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो"

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड खाता नं. ११२०१०००२७५३६०१० (काउन्टर नं. ११२), कुमार थामी 

नबिल बैंक लिमिटेड खाता नं. ०२१००१७५४९७५८
ईसेवा नं. ९८४९२८९१३४ कुमार थामी 

received_3450062745281797.jpeg

received_569581368617734.jpegreceived_212619948181259.jpeg

सम्बन्धित समाचार