काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ६२ हजार २ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् ।
देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ८१ पीसीआर परीक्षण गरिएको छ । हालसम्म १५ लाख ७४ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा हुनेहरुको संख्या २८ हजार ३ सय ९३ जना रहेको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ जना पुगेका छन् ।