काठमाडौं । चर्चित हाँस्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसियूमा सारिएको छ । कात्तिक १० गते उनलाई लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो ।
गत बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो ।
गजुरेलले आफूलाई कोरोना संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका थिए । उनले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए ।