काठमाडौं उपत्यकामा १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण थपिए

16.8k Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५ सय ७० , ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ जना संक्रमित थपिएका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८८ हजार ९ सय ४६ पुगेको छ । योसंगै काठमाडौंमा ६७ हजार ३ सय ४८ जना, ललितपुरमा ९ हजार ५ सय ३ , भक्तपुरमा ६ हजार ८५ जना संक्रमित थपिएका छन् ।
देशभर भने ३३०९ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ३८४४ जना निको भएका छन्।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३६९११ जना रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ६७८० र होम आइसोलेसनमा ३०१३१ जना रहेका छन् । यस्तै क्वारेन्टिनमा १३०५ जना रहेका छन् ।
सम्बन्धित समाचार