बलात्कार आराेपमा एकजना पक्राउ

16.4k Shares

तनहुँ, १७ असाेज । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका-६ सेप्राङ घर भएका २६ वर्षीय कर्णबहादुर मास्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

 

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार