काठमाडौँ । रिपब्लिक टीभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले आज बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।
सन् २०१८ मा रिपब्लिक टीभीले बक्यौता नदिएको बताउँदै ५३ वर्षका एक इन्टेरियर डिजाइनर र उनकी आमाले आत्महत्या गरेको पूरानो मुद्दालाई लिएर प्रहरीले उनलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अर्नबमाथि आत्महत्याका लागि प्रोत्साहन गरेको आरोप लागेको छ ।
यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो । प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ ।
अर्नबको घरमा पुगेको प्रहरीले उनकी पत्नी, छोरा तथा अन्यलाई पिटपाट गरेको बताइएको छ । अहिले अर्नबको विषयमा सामाजिक सन्जालमा व्यापक चर्चा हुन थालेको छ ।