बाहिनीको नाममा भुजाहा नाकाबाट तस्करी

16.5k Shares

परासी  ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तस्करी नियन्त्रणका लागि बारम्बार निर्देशन दिई रहेका छन् । सरूवा भएर जाने निरीक्षक देखि डिआइजी सम्मलाई तस्करी नियन्त्रण गर्न ब्रिफिङ गरेर पठाउने गर्दछन । तर जाने सशस्त्र प्रहरी अधिकारीहरूले संगठन प्रमुखको नीति निर्देशन बिपरित  तस्करहरूसंग मिलेर तस्करी गराउने , रकम असुलीमा सक्रिय हुने  र  पदिय आचरण बिपरित काम गरेको  धेरै ठाउँमा देखिएको छ । त्यस मध्येको एक हो  पश्चिम नवलपरासीको भुजाहा नाकाबाट हुने तस्करी ।

अहिले भुजाहा नाकाबाट माछा  , चिनी , खसी बोका , मोटरपार्स , किराना लगायतका सामानको ठूलो तस्करी चलिरहेको छ । भारतीय क्षेत्रबाट यी सामानहरू नेपाल तर्फ ठूलो मात्रामा तस्करी भैरहेको छ भने नेपालबाट ठूलो मात्रामा कवार्डको काम भारतीय क्षेत्रमा तस्करी भैरहेको छ ।  तस्करीको काम पाउनेहरूमा महेन्द्र   , मनोहर  , गोरख ,मुख्य रहेका छन् । तस्करीको ठेक्का  र सेटिङ मिलाउने काम महेन्द्रले गरेका छन् भने  सुरक्षाकर्मीको तर्फबाट सशस्त्र प्रहरी बल भुजाहाका सई बाबुराम गैरेले गर्ने गरेका छन् । भुजाहामा सशस्त्रको तर्फबाट निरीक्षकको दरबन्दी रहेको छ।उनी नवलपरासी गणको पनि नभएर बाहिनी  दरबन्दीका हुन । उनले बाहिनीमा सेटिङ मिलाएर तस्करीको अखडाका रूपमा चिनिएको भुजाहा नाकामा आए देखि नै महेन्द्र मार्फत तस्करीको सेटिङ मिलाएर तस्करी गराउने काम गरिरहेका छन् । बाहिनीबाट आएको भनेर उनले नवलपरासी गणका एसपी  धिरेन्द्र राज न्यौपाने  र डिएसपीहरूको आदेश समेत नमान्ने , बारम्बार तस्करी रोक्न गणले दिएको आदेश अवज्ञा गर्ने गरेको समेत खुलेको छ ।तस्करहरूबाट डिआइजी बिदुर खड्काको नाममा समेत रकम उठाउने भए पनि डिआइजीले भने त्यसरी तस्करहरूबाट  रकम नलिने र उनको स्वभाव पनि तस्करी गराउने  र यस्ता गलत कामबाट रकम लिने सोच र प्रवृत्ति नभएको उनका हरेक निर्णय  र कार्यले देखाउंछ ।

सम्बन्धित समाचार