नयाँ मन्त्रिपरिषद् गठनको लागि माननीय चित्रकारको संयोजकत्वमा कार्यदल गठन

18.8k Shares

ललितपुर । बागमती प्रदेशको नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्यको लागि नेपाली कांग्रेसका संसदीय दलका उपनेता माननीय रामकृष्ण चित्रकारकोे संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामा र बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेलले नेतृत्व गरेको दुई पार्टीको प्रतिनिधिहरुबीचको आजको बैठकले नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्यको लागि कांग्रेस संसदीय दलका उपनेता माननीय रामकृष्ण चित्रकारलाई कार्यदलको संयोजकको रुपमा जिम्मेवारी दिएको हो ।
संयोजक चित्रकारसहित सदस्यहरुमा नेपाली कांग्रेसका माननीय कुन्दन काफ्ले, माननीय तिर्थ लामा, माननीय सरल सहयात्री (माओवादी केन्द्र प्रदेश अध्यक्ष), माननीय  रत्नप्रसाद ढकाल (माओवादी केन्द्र मुख्य सचेतक), नेकपा एकीकृत समाजवादीबाट माननीय कृष्णप्रसाद शर्मा खनाल, माननीय शैलेन्द्रमान बज्राचार्य (हाम्रो नेपाल पार्टी संसदस्य दलका नेता रहेका छन् ।
सो कार्यदललाई मन्त्रालयको संख्या बाँडफाँड, संसदीय समितिका सभापतिहरुको वाँडफाँडलगायतको काम गर्न कार्यदेश दिइएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार