सुनको भाउ ८ सयले बढ्यो

17k Shares

काठमाडौं । बुधबार सुन चाँदीको मुल्यमा वृद्धि भएको छ । दुई दिन स्थिर रहेको सुनको भाउ आज  ८ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाका ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । छापावाल सुनको भाउ आइतबार ९४ हजार ७ सय रुपैयाँ रहेकामा सोमबार र मंगलबार पनि सोही भाउ कायम भएको थियो ।

महासंघका अनुसार बुधबार तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९४ हजार २ सयमा किनबेच भएको थियो ।

बुधबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदीको भाउ १ हजार २ सय १० रुपैयाँ रहेकामा बुधबार १ हजार २ सय ४० पुगेको छ ।

सम्बन्धित समाचार