वीरेन्द्रनगरको एक होटेलमा आगलागी

9.5k Shares

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका–६ बीचबजारमा आगलागी भएको छ । वीरेन्द्रनगर बजारको लालीकाँडा होटेलमा आगलागी भएको हो । 

आगलागी नियन्त्रणमा लिनका लागि नगरपालिका दमकलले काम गरिरहेको प्रहरीले जनाएको छ । अहिले पनि आगो नियन्त्रणमा आएको छैन । 


अहिले नगरपालिकाको दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छन् ।

सम्बन्धित समाचार