आइसोलेसनमै संक्रमितको मृत्यु

18.2k Shares

भक्तपुर, ४ कार्तिक । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै ज्यान गएको छ ।
होम आइसोलेसनमा बसिरहेका ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । मुटुसम्बन्धी समस्या रहेका उनको असोज २६ गते सूर्यविनायक नगरपालिकाको घुम्ती स्वाब संकलन टोलीमार्फत पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसयता होम आइसोलेसनमा बस्दै आएका ती व्यक्तिको सोमबार साँझ मृत्यु भएको वडाध्यक्ष राजकुमार जोशीले जानकारी दिएका छन् । जनप्रतिनिधि र प्रहरीको रोहबरमा नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको जोशीले बताए ।

सम्बन्धित समाचार