गणेश नेपालीको शव बुझ्न मानेनन् आफन्तले

65 Shares

काठमाडौं । गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले शव बुझ्न इन्कार गरेका छन् ।  त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका(१ का २५ वर्षीय नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी गरेका हुन् । 

त्जभ अगचचभलत ष्mबनभ जबक लय बतिभचलबतष्खभ तभहत। त्जभ ाष्भि लबmभ ष्कस् दष्च(जयकउष्तब(ि।वउन
जलनबाट गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा उपचाररत उनको शुक्रवार बिहान ११ः२० बजे निधन भएको हो ।

गणेशको मृत्यु भएपछि उनका आफन्तले सरकारले उनीमाथि अन्याय गरेको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आन्दोलनको तयारी गरिरहेका छन् ।

आफन्त चन्द्रबहादुर शाहीका अनुसार गणेश नेपाली ३–४ वर्षअघि काठमाडौं आएका थिए । उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ सेवामा काम गर्दै आएका थिए ।

बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल रोकेको भन्दै काठमाडौं महानगर प्रहरीले उनलाई रु १० हजार जरिवानाको चिट काटेको शाहीले बताए । आफन्तले नगर प्रहरी नै घटनाको जिम्मेवार हुनुपर्ने उनको माग छ ।

सम्बन्धित समाचार