सर्लाही । ईप्रका हरिवनमा सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी हबल्दार र सिपाहीकाे दवदवा बढेकाे छ । मधेश प्रदेश भन्दा अन्यत्र दरवन्दी भई विगत करिब ७ वर्ष देखि ईलाका प्रहरी कार्यालय हरिवनमा बसेका प्रहरी हबल्दार जीवन बाेहाेराकाे दवदवा बढेकाे प्रहरी कर्माचारीहरुकाे भनाइ छ । ईलाका प्रहरी कार्यालय हरिवनकाे प्रशासन,सामुदायिक,कार्य र जिन्सी लगायतका सबै शाखामा आफ्नाे दवदवा राख्दै कार्यालय प्रमुखलाई अरु प्रहरी कर्माचारीहरुकाे कुरा लाउने काममा हबल्दार बाेहाेरा सक्रिय रहेका छन् । उनकाे दरबन्दी शसस्त्र प्रहरी गण रातमाटे हेटौंडामा छ तर उनी विगत लामाे समयदेखि ईलाका प्रहरी कार्यालय हरिवनमा आफ्नाे दवदवा कायम राखेका छन् । प्रहरी सहायक हबल्दार नवराज लम्साल र सिपाही दिपेन्द्र कुमार कुशवाहले ईलाका प्रहरी कार्यालय हरिवनकाे घुमुवा हुँ भन्दै हरिवनका गैर कानुनी कार्य गर्ने हाेटलहरुसंग कमिसन असुल्ने काममा लागेका छन् । उनिहरुले हाेटल गेष्ट हाउसमा हुने गैर कानुनी धन्दाबाट कमिसन असुलेकाे पाईएकाे छ भने हरिवनका विभिन्न स्थानमा हुने जुवा तासबाट समेत कमिसन असुल्ने गरेका पाईएकाे छ । त्यसैगरि,हरिवन क्षेत्रमा हुने माेटरसाईकल चाेरी तथा सिन्धुलीकाे हरिहरपुरगढी र मरिण क्षेत्रबाट आउने लागू औषध गाँजा तथा सिमानाकाबाट आउने लागू औषधकाे समेत कमिसन उठाउने गरेका पाईएकाे छ । तर यता साे विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले खासै चासाे देखाएका छैन्न। ईलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी निरिक्षक नहुनु बरिस्ठ सई जीवनराम खड्काका लागि दुवै हातमा लड्डु प्राप्त भए झैँ भएको छ । सिमानाकामा कडाई गर्ने प्रतिवद्दता जाहेर गरेका प्रहरी उपरीक्षक सुवेदीले आफ्नै संगठन भित्र कडाइ गर्न सकेका छैन्न । आफुलाई पानीमाथि ओभानाे देखाउने बताएका प्रहरी उपरीक्षक सुवेदीले हबल्दार बाेहाेरालाई दरबन्दी पठाउन नसकेका वा नचाहेका हुन भन्ने प्रश्नकाे जवाफ बुझ्न बाकी छ ।