नियमित प्रहरी गस्तीमा ९ जिल्लाबाट १७ जना पक्राउ

732 Shares

काठमाडौँ – नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका नौ जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ ।

प्रहरी केन्द्रीय समाचारकक्षका अनुसार काठमाडौँ, कैलाली, झापा, बारा, चितवन, बर्दिया, दाङ, गुल्मी र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले काठमाडौँबाट भारतका ३२ वर्षीय शिवकुमार चौहान, कैलालीबाट २७ वर्षीय अजय चौधरी, झापाबाट २७ वर्षीय रितेश राई र अनिल राई तथा बाराबाट ३१ वर्षीय विनय महतो र ३० वर्षीय सहजाद शेखलाई पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी, चितवनबाट २२ वर्षीय विशाल घिसिङ, २६ वर्षीया अञ्जु रिजाल र २५ वर्षीय सुमेश गान्धारी, बर्दियाबाट ३२ वर्षीय रमेश चौधरी, दाङबाट २४ वर्षीय धनबहादुर खत्री, गुल्मीबाट सुन्तला सर्किनी र सुर्खेतबाट ३२ वर्षीय दीपक झा पक्राउ परेका छन् ।

चितवन, बर्दिया र दाङका घटनामा पक्राउ परेका केही व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ परेकाहरूको साथबाट गाँजा, खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार