पत्रकार राजेन्द्र विष्टको निधन

703 Shares

काठमाडौँ– प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ ।

कलेजोको समस्याबाट पीडित उनको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रेस चौतारीका सुदूरपश्चिम इञ्चार्ज दिलबहादुर छन्त्यालले जानकारी दिए।

पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका थिए।

तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी पछिल्लो समय राष्ट्रिय समाचार समिति(रासस)का कार्यरत थिए ।

सम्बन्धित समाचार