616
Shares
काठमाण्डाै – लगातार तीन दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.८९ अङ्कले ओरालो लागेर २ हजार ६३६.७५ विन्दुमा झरेको छ ।
आज लगानी बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह डेढ प्रतिशतले ओरालो लागेको छ ।
आज १७९ वटा कम्पनीको शेयर घटेकोमा ८६ वटाको बढेको छ । १४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज एलएस होराइजन १२ को शेयर ४.७६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनिक नेपाल लघुवित्तको शेयर ४.८८ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३५५ वटा कम्पनीको १ करोड ४७ लाख कित्ता शेयर ५ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।