आज मौसम सफा, भोलिदेखि हिमालका केही ठाउँमा हल्का वर्षाको सम्भावना

703 Shares

काठमाण्डौ – आज देशभरको मौसम मुख्यतया सफा रहने र भोलिदेखि कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी क्षेत्रको मौसम सफा रहनेछ ।

अहिले बिहान तराई, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । भोलि र पर्सि शनिवार कोशी प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै आइतवार कोशी, बागमती र गण्डकीका हिमाली एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

सम्बन्धित समाचार