काठमाडौं। काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित भेटिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना संक्रमित भेटिएका छन्।
यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३५ हजार ९ सय ८९ पुगेको छ ।
ललितपुरमा ४ हजार ९ सय २६ र भक्तपुरमा ३ हजार ५ सय ५२ जना पुगेको मन्त्रालयले जनाएको छ।