नेप्से दुई हजार विन्दुमा पुग्यो, ५० अंकले बढ्दा एक अर्ब ५६ करोडको कारोबार

22.2k Shares

काठमाडौं/नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार हरियाली छाएको छ । आज नेप्से उच्च अंकले बढेर दुइ हजार विन्दुमा पुगेको हो । आज नेप्से ५०.०४ अंकले बढेर दुई हजार २ दशमलब ७० विन्दुमा पुगेको हो ।  

त्यस्तै, आज नेप्सेमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज शुभम पावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.६० रुपैयाँ पुगेको छ भने नेपाल इन्स्योरेन्सको शेयरमूल्य ९.४४ प्रतिशतले बढेर प्रतिकित्ता ५४८.२० रुपैयाँ पुगेको छ ।         

नेप्सेका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।   

सम्बन्धित समाचार