चार करोड बिगो माग गरिएका श्याम परदेशीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

15k Shares

काठमाडौं । विशेष अदालतले सर्लाहीका कुख्यात मिटरब्याजी श्याम परदेशीलाई रिहा गर्न आदेश दिएको छ । श्यामकृष्ण साह वास्तविक नाम भएका उनलाई श्रीकान्त पौडेल, सालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले ५ लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको हो । 

सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए । त्यसपछि अदाललते थुनछेक आदेश सुनाएको हो ।

विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ र उनकी श्रीमती मञ्जु देवीविरुद्ध ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतको आदेशसँगै उनले ५ लाख धरौटीमै छुटकारा पाएका छन् ।  

सम्बन्धित समाचार