18.9k
Shares
काठमाडौं । दिपक राजले दुई गोल गरेपछि सातदोबाटो युथ क्लब शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले एनआरटीलाई २-१ ले पराजित गरेको हो । सातदोबाटोका दिपक राजले दुवै हाफमा एक एक गोल गरे ।
एनआरटीका लागि निकोलस सङले एक गोल फर्काए । जितपछि सातदोबाटोले ३ अंक जोडेर लिगको सुरुवात गरेको छ । एनआरटीले भने हारबाट लिगको सुरुवात गरेको छ ।