साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कमायो करिब २ करोड नाफा

17.2k Shares

काठमाडौं/साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू १ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ४७ दशमलव ३९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू १ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको जम्मा आम्दानी भने ५ दशमलव ८९ प्रतिशत कम भएको छ । गत वर्ष रू ४७ करोड ११ लाखभन्दा बढी जम्मा आम्दानी गरेको कम्पनीले यस वर्ष रू ४४ करोड ३३ लाखभन्दा बढी मात्र जम्मा आम्दानी गरेको हो । यस वर्ष कम्पनीको ब्याज खर्च गत वर्षभन्दा कम हुँदा खुद नाफा बढेको हो । गत वर्ष रू २५ करोड ६८ लाखभन्दा बढी ब्याज खर्च गरेको कम्पनीले यस वर्ष रू १५ करोड ३५ लाखभन्दा बढी मात्र ब्याज खर्च गरेको हो ।

१० प्रतिशत बोनस शेयरमार्फत बढाएर रू २५ करोड ३५ लाख ३१ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू १ अर्ब ३२ करोडभन्दा बढी कायम रहेको छ । कम्पनीको कुल सम्पत्ति गत वर्षभन्दा यस वर्ष ६ दशमलव ४२ प्रतिशत कम रू ७ अर्ब ६९ करोडभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू १४ दशमलव ८६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू ४३३ दशमलव ८५ रहेको छ ।

सम्बन्धित समाचार