प्रचण्ड र ओलीकाे भाेली निर्णायक वार्ता हुने

17.7k Shares

काठमाडौँ, ११ फागनु । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग वार्ता गर्न लागेका हुन् ।

प्रचण्डले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताएका हुन् । 

‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले भने, ‘भोलि एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’ दिउँसोतिर ओलीसँग छलफल हुने भन्दै प्रचण्डले सबैसँग सबैको छलफल चलिरहेको बताए । उनले नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुंगो नभएको पनि बताए । 

बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । बैठकपछि अन्य नेताहरुले पनि छलफल चलिरहेको भन्दै सहमति हुन बाँकी रहेको बताए । जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबार बिहान ८ बजे कांग्रेससहितको बैठक पनि बस्ने तय भएको बताए ।

सम्बन्धित समाचार