बराबारीमा रोकियो बार्सिलोना

19.4k Shares

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । खेलमा दुवै टोलीले पहिलो हाफको सुरुवाती १० मिनेटमा दुई गोल गरेका थिए ।
खेलको आठौं मिनेटमा लुका डी योङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि बार्सिलोनाका लागि फिलिपे कौटिन्होले बराबरी गोल फर्काए । बराबरीसँगै बार्सिलोनाले तीन खेलबाट ७ अंक जोडेको छ । समान खेल खेलेको सेभियाको पनि ७ अंक छ ।

सम्बन्धित समाचार